काठमाडौँ – संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भीर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै पप्पु कन्स्ट्रक्सनलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो । उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले उक्त कम्पनीलाई कार्वाही गर्न निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । समितिले उक्त पुलको स्थलगत निरीक्षण समेत गरेको थियो ।


ADVERTISEMENT

# # #


यसै क्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै पुलको निर्माण कार्य अघि बढाउन भनेकोमा उक्त कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कार्वाही गर्न सिफारिस गरेको हो । दिएको निर्देशनसमेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कार्वाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।

समितिले उक्त पुलको पुन डिजाइन नगरी काम अघि नबढाउन सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्य जीप छिरिङ लामाले उक्त पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिए । उनले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने बताए ।