एजेन्सी – रंगले अनुहार छोपिएका दर्शकले खचाखच भरिएको स्टेडियम र उनीहरुका हातमा आ–आफ्नो देशको राष्ट्रिय झण्डा, सडकमा पनि राष्ट्रिय टिमको जर्सी लगाएका मानिस, समयभन्दा पहिले नै खाना नास्ता गरेर खेलको प्रतिक्षामा टिभीको अगाडि कुरिरहेका दर्शक ।


ADVERTISEMENT


यो सबै ती दुई दक्षिण एशियाली देशका जनताबीच हुन्छ, जुन पछिल्लो समय राजनीतिक हिसाबले पनि एकआपसमा टकराबको स्थितिमा छन् । जब भारत र पाकिस्तान संसारको जुनसुकै कुनामा रहेको क्रिकेट मैदानमा एकआपस विरुद्ध उत्रिन्छन्, तब यस्तो वातावरण आफै तयार हुन्छ । त्यसमा पनि चार वर्षपछि आउने क्रिकेट विश्वकपमा कम हुने त कुरै भएन ।


ADVERTISEMENT

# # #


ठीक त्यस्तै वातावरण आज तयार भएको छ ।  इङ्गल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत आज सबैभन्दा ठूलो खेल हुँदैछ । भारत र पाकिस्तान एक आपसमा नेपाली समयअनुसार ३ः१५ बजे मैदानमा उत्रिनेछन् । खेल म्यानचेस्टर सहरको ओल्ड ट्राफोर्ड ग्राउन्डमा हुनेछ

प्रतिष्ठाको लडाईं

पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध तनावको स्थितिमा छ । बालाकोट प्रकरणपछि दुई देश एक अर्काबीच प्रतिशोध साँधिरहेका छन् ।

यी दुई टोली बीचको खेल मात्र एउटा खेल हुनेछैन, प्रतिष्ठाको लडाईँ हुनेछ । त्यसकारण दुबै टिम अन्य टोलीसंग भन्दा यस खेलमा बढी दबाब महसुस गरिरहेका छन् । भलै बाहिर किन व्यक्त नगरोस् ।

जितका लागि जुनसुकै शक्ति लगाउन तयार

जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान आजको खेल जसरी पनि जित्न चाहन्छ । आज भारतसंग हारेमा पाकिस्तानका लागि सेमिफाइनलको यात्रामा धक्का लाग्न सक्छ । त्यसकारण पनि उसले आफ्नो भएभरको शक्ति लगाउन तयार छ ।

यता, भारत भने तेस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो ।

पाकिस्तानको ब्याटिङ, बलिङ राम्रै भए पनि फिल्डिङ निकै फितलो रहेको छ । अष्ट्रेलियाविरुद्धको हारमा पनि फिल्डिङ मुख्य कारण बन्यो । आजको खेलमा भारतमाथि जित हात पार्नका लागि पाकिस्तानको ब्याटिङ बलिङको साथै फिल्डिङ पनि राम्रो हुनुपर्छ ।

यता, भारत भने निकै बलियो स्थितिमा देखिन्छ । भारतको तीनै पक्ष बलियो देखिएको छ । ब्याटिङ र बलिङ उत्कृष्ट छ । भारतीय ब्याट्सम्यान उच्च लयमा देखिन्छन् । बलिङतर्फ पनि जसप्रित बुमराह, भुवनेश्वर कुमार, युजभिन्द्र चाहाल, हार्दिक पाण्ड्या उच्च लयमा छन् ।

यता, पाकिस्तानको पनि मोहम्मद अमिर, वाहब रियाज, हसन अलीजस्ता बलर लयमा देखिन्छन् भने ब्याट्सम्यान चले भारतलाई खतरा हुन सक्छ ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।