काठमाडौं – विश्वकप क्रिकेटमा भारतले पाकिस्तानसामू ३३७ रनको लक्ष्य लिएको छ ।


ADVERTISEMENT


वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको छ । भारतको पारीमा ४६.४ ओभरमा पानीले खेल रोकिएको थियो तर, वर्षा रोकिएपछि ओभर घटाइएन, भारत नै ब्याटिङमा आयो ।


ADVERTISEMENT

# # #


म्यानचेष्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतको सुरुवात राम्रो रहृयो । रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गरे । रोहितले १४० रन बनाए । उनले ११३ बलमा १४ चौका र ३ छक्का ठोके ।

यस्तै कप्तान विराट कोहलीले ७७ रन बनाए । उनले ६५ बलमा ७ चौका हाने । महेन्द्र सिंह धोनी १ रनमा आउट भए ।

तेन्दुल्करलाई पछि पार्दै कोहलीले बनाए यस्तो कीर्तिमान

राहुल ७८ बलमा ३ चौका र २ छक्काको मदतमा ५७ रन बनाएर आउट भए । यस्तै विजय शंकर १५ रनमा नटआउट रहे ।

पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट हात पारे । उनले १० ओभरमा एक् मेडेन राख्दै ४७ रन खर्चिए । यस्तै वाहव रियाज र हसन अलीका नाममा १ १ विकेट रह्यो ।