काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  संसद अवरुद्ध गरेको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले बोल्न लाग्दा कांग्रेस सांसदले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।


ADVERTISEMENT


संसद बैठक सुरु भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर बोल्न समय माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए ।


ADVERTISEMENT

# # #


तर काँग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए । कांग्रेस सांसदले नाराबाजी गरिरहँदा प्रधानमन्त्री ओली रोष्टममा पुगिसकेका थिए । तर विपक्षीको नाराबाजी जारी रहेपछि उनले बोल्न पाएनन् ।

बैठक अवरुद्ध भइरहेपछि सभामसख महराले संसद बैठक स्थगित गरेको घोषणा गरे । अर्को बैठक बुधबार ११ बजे बस्नेछ