सिमीकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका ५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली नदीमा खस्दा दशजना बेपत्ता भएका छन् ।


ADVERTISEMENT


खार्पुबाट पालिका केन्द्रमा जाँदै गर्दा डेडुबिसौनामा दिउँसो करिब १२ः३० बजे सो दुर्घटना भएको थियो ।


ADVERTISEMENT

# # #


जीपमा सवार यात्रीहरुलाई खार्पुनाथ गाउँकार्यपालिकाको बैठकमा सहभागी हुन जाँदै गर्दा जीप सडकबाट अन्दाजी २५ मिटर तल कर्णाली नदीमा खसेको थियो ।

हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालले नजोडिए पनि जिल्ला सदरमुकाम सिमिकोटबाट कच्चीसडकबाट सवारी साधनहरु सञ्चालन भइरहेका छन् ।