काठमाडौँ – चौतर्फी विरोध र आलोचना भएपछि सरकारले अन्नतः गुठीसम्बन्धि विधेयक फिर्ता लिएको छ । भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्।


ADVERTISEMENT


मन्त्री अर्यालले सरोकारवालासंग छलफल गर्नुपर्ने आवश्यक देखिएकाले फिर्ता लिने निर्णय गरिएको बताइन् । ‘विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भयो। यसैका आधारमा उत्तेजना बढाउने काम भयो’, मन्त्री अर्यालले भनिन्, ‘सरोकारवालासँग थप परामर्श र छलफल आवश्यक भएकोले विधेयक फिर्ता लिने निर्णय गरिएको छ।’


ADVERTISEMENT

# # #


गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै उपत्यकावासी आन्दानेलनरत छन् ।विधेयक फिर्ता लिनुपर्ने भन्दै प्रतिपक्षी नेपाली कांग्रेस विरोध गरिरहेको थियो भने र स्वयम् नेकपाका सांसद पनि असन्तुष्ट थिए ।

आइतबार एक साता लामो यसरोपभ्रमणपछि स्वदेश फकिएका प्रधानमन्त्री ओलीले गुठीसम्बन्धि विधेयकमा कमजोरी भए सच्याउने बताएका छन् । उनले सोमबारमात्रै गुठी विधेयकबारे काठमाडौं उपत्यकाका नेकपाका तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद, मेयर, उपमेयर र वडा अध्यक्षहरुसँग बालुवाटारमा छलफल गरेका थिए ।