काठमाडौँ – एनआईसी एशिया बैंकले राष्ट्रिय बीमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।


ADVERTISEMENT


सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


बैंकले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।