काठमाडौँ – चौतर्फी विरोध भएपछि गुठी सम्बन्धी विकधेयक सरकारले फिर्ता लिएपनि सरोकारवालाहरुले भने आन्दोलन जारी राखेका छन् ।


ADVERTISEMENT


बुधबार माइतीघर मण्डलामा हजारौँको संख्यामा गुठी पक्षधरहरुले विशाल प्रदर्शन गरिरहेका छन् । गुठियार तथा नेवा देयः दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै प्रदर्शन गरिएको हो।


ADVERTISEMENT

# # #


‘नेवाः एकता जिन्दावाद’, ‘संस्कृतिमाथिको अतिक्रमण बन्द गर’, ‘गुठी विधेयक खारेज गर’, ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका सर्वसाधारणहरु प्रदर्शनमा उत्रिएका छन् ।

राष्ट्रियसभामा दर्ता गराइसकेको विधेयक सरकारले मंगलबार मात्रै फिर्ता लिएको थियो ।

तस्बिरहरु :