काठमाडौँ– व्यवस्थापिका संसदले योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४ बहुमतले पारित गरेको छ । संसदको आजको बैठकमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले प्रस्तुत गर्नुभएको विधेयक बहुमतले पारित गरेको हो ।
बैठकमा सभामुख ओनसरी घर्तीले विधेयक निर्णयार्थ पेश गर्दा नेपाल मजदुर किसान पार्टीका सांसद भने बिपक्षमा उभिएका थिए । विधेयक प्रस्तुत गर्दै मन्त्री मन्सुरले विधेयकमा भएका आधारभूत शिक्षा, स्वास्थ्य, उत्पादनको उपयोग, कृषि कार्यक्रम, सामाजिक सहयोगलगायत व्यवस्थाका बारेमा जानकारी गराए ।


ADVERTISEMENT


सो विधेयकमाथिको छलफलमा भाग लिदै सांसद चुडामणी जंगली विकले सामाजिक सुरक्षा क्षेत्रका समस्या समाधानमा विधेयक सहयोगी बन्ने बिश्वास ब्यक्त गरे । मन्त्री मन्सुरले आजै प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४ बैठकमा प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


संसदको अर्को बैठक यही साउन १५ गते दिउँसो १ बजेका लागि बोलाईएको छ ।