काठमाडौँ – हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपूर महानगरपालिका—२३, हात्तीवन स्थित “नवकिरण अनाथ असाहाय बाल उत्थान समाजका बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT


बैंकले नवकिरण अनाथ असाहाय बाल उत्थान समाजका ४२ जना बालबालिकाहरुका लागि चामल, दाल, खाने तेल, चिउरा, चना, विस्कुट लगायतका खाद्य सामग्री प्रदान गरेको छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण रेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त समाजले विभिन्न स्थानबाट ल्याइएका अनाथ बालबालिकाहरु तथा विभिन्न उमेर समुहका बालबालिकाहरुलाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने गरेको छ ।

बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

हाल बैंकले ५९ वटा शाखा र १२० वटा ए टि एमबाट ग्राहकहरुका लागी समय सापेक्ष सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा थप १४ वटा शाखाहरु विस्तार गर्ने जनाएको छ ।