काठमाडौँ – डेभिड वार्नरको शतकको मदतमा विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ३८२ रनको विशाल चुनौति दिएको छ ।


ADVERTISEMENT


इङ्ल्याण्डको ट्रन्टब्रिजस्थित मैदानमा टस जितेर ब्याटिङ सुरु गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३८१ रन बनायो । अष्ट्रेलियाका लागि डेभिड वार्नर र उस्मान ख्वाजाले उत्कृष्ट ब्याटिङ गरे । उनीहरुले दोस्रो विकेटका लागि १९२ रनको शानदार साझेदारी गरे ।


ADVERTISEMENT

# # #


विश्वकपमा आफ्नो दोस्रो शतक बनाएका वार्नर १४७ बलमा १६६ रन बनाए । त्यसक्रममा उनले १४ चौका र ५ छक्का ठाके । यस्तै ख्वाजाले ७२ बलमा १० चौकासहित ८९ रज जाडे । यसअघि पहिलो विकेटका लागि वार्नर र कप्तान आरोन फिन्चले १२२ रनको साझेदारी गर्दै अष्ट्रेलिया राम्रो सुरुवात दिलाए । यसक्रममा फिन्चले ५१ बलमा ५३ रनको योगदान दिए ।

यस्तै चौथो नम्बरमा आएका ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ सुरु गरेपनि रनआउट हुन पुगे । उनले १० बलमा ३ छक्का र २ चौकासहित ३० रन हाने । यस्तै मार्कस स्टोनिक्स र१७ र अलेक्स केरी ११ रनमा नटआउट रहे ।

बंगलादेशका लागि सौम्य सरकारले ३ विकेट लिए । जसका लागि ८ ओभरमा उनले ५८ रन खर्चिए । यस्तै मुस्ताफिजर रहमानका नाममा १ विकेट रह्यो ।