काठमाडौँ – नेपाल प्रहरीको पोशाक लगाएर आफूलाई डीएसपी हुँ भन्दै डिंड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको नयाँवस्तीबाट काभ्रेका नारायण भन्ने भोला गौतम लाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार गौतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोबाईलमा राखेर डीएसपी हुँ भन्दै गलत क्रियाकलाप गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


उनले सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछार–पछार समेत गरी अभद्र व्यवहार गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका गौतमका बारेमा अपराध महाशाखाको टोलिले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।