काठमाडौँ – आज पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदैछ । यही अवसरमा नेपालमा पनि योग दिवसबारे कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रधानमन्त्री ओली स्वयम् सहभागी भए ।


ADVERTISEMENT


यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा योग दिवसबारे शुभकामना दिए । उनले लेखका थिए, ‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमास्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको ट्वीटलाई रिट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत जवाफ फर्काए, त्यो पनि नेपाली भाषामा नै ।

ट्वीटमा भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई नेपाली भाषामा नै धन्यवाद ज्ञापन गरेका छन् ।

उनले लेखेका छन्, ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’