काठमाडौं – नक्क्ली कार्ड प्रयोग गरी बैंक एटिएमबाट पैसा निकाल्ने एकजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


अनाधिकृत र ग्रैहकानुनी रुपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरी पैसा झिकेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले बिहीबार बारा पिपरपानी–७ का राजु कुमार पाण्डेलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीयका अनुसार पाण्डेले राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं उपत्यकास्थित विभिन्न एटिएम बुथबाट विभिन्न कार्डहरु प्रयोग गरी २० लाख रुपैयाँ भन्दा बढि रकम निकालेका थिए ।

पक्राउ परेका पाण्डेबाट प्रहरीले विभिन्न बैंकका डेविड कार्ड, मास्टर कार्ड र भिषा कार्ड समेत गरी १२ थान, मोबाइल २ थान, ल्यापटप २ थान, नगद ६ लाख ८६ हजार रुपैयाँ र बा. ७३ प ७६८५ नम्बरको मोटरसाइकल १ थान समेत बरामद गरेको छ ।

पाण्डेले ठमेलमा चिनजान भएका ३ जना रोमानियन नागरिकसँग मिलेर उक्त बैंकका एटिएम बुथबाट अनाधिकृत रुपमा रकम निकाल्ने गरेको प्रहरीले जनाएको छ । उक्त रकम उनीहरुले आपसमा बाँडफाँड गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको र हाल तीनै जना रोमानियन नागरिकले नेपाल छोडी सकेको बुझिएको उक्त व्यूरोले जनाएको छ ।