बाजुरा – बाजुराको बुढिनन्दा नगरपालिका बिरसैनबाट सेतक चिनी र कटुकी नामक १२ बोरा अवैध जडिबुटीसहित १४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुढिनन्दाबाट खटिएको प्रहरीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१० का गगन राना, नेपालगञ्जका जडीबुटी ठेकेदार नारद गिरी र उक्त जडीबुटी बोक्ने कार्यमा संलग्न बाजुरा बुढीनन्दा नगरपालिका–४ का राम बहादुर रोकाया समेत गरी जम्मा १४ जना रहेका छन् । बाजुरा बुढिनन्दा नगरपालिका–५ बेरसैनमा अवैध जडिबुटी लुकाइछिपाई राखेको छ भन्ने सूचनाको आधारमाले जाँच गर्ने क्रममा उनीहरूलाई प्रहरीले उक्त जडिबुटी सहित फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।