काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र वर्तमान सरकारप्रति जनताको ठुलो भरोसा भएको बताएका छन् । नेकपाको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले जनताको भरोसा टुट्न नदिनका लागि पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताए । “हामीप्रति जनताको ठुलो भरोसा छ । त्यसलाई टुट्न दिनुहुदैन ” उनले भने “त्यसका लागि हामी सबैले जो जहाँ छौं त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।”


ADVERTISEMENT

# # #


उनले यसै आर्थिक बर्ष भित्र पार्टी एकताका सबै काम टुंगिसक्ने बताए । “पार्टी एकता भएन भनेर अब धेरै निराश हुनु पर्दैन । असारभरीमा एकताका काम टुंगिन्छन् ” प्रधानमन्त्री ओलीले भने “आगामी आर्थिक वर्ष हाम्रा लागि उत्साह र उमंगको वर्ष हुनेछ ।”

बैठकमा साँससदहरुले सरकारका काम ,पार्टी एकता,बजेट बिनियोजन आदि बिषयमा जिज्ञासा र सुझाव राखेका थिए । बैठक आगामी शनिबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।