काठमाडौं – बंगलादेशलाई २८ रनले हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्यो । यो खेलमा शतक बनाएका रोहित शर्मा ‘म्यान अफ दी म्याच’ बने ।


ADVERTISEMENT


खेलपछि एक व्यक्तिको धेरै चर्चा भयो, जो क्रिकेटर होइनन् । उनी हुन्, ८७ वर्षकी चारुलता पटेल ।


ADVERTISEMENT

# # #


उनलाई सामाजिक सञ्जालमा ‘फ्यान अफ दि टुर्नामेन्ट’ समेत भन्न थालिएको छ । दर्शक दीर्घामा बसेर खेल हेरेकी उनले भारतीय टिमलाई समर्थन गरेकी थिइन् र खेलका क्रममा कयौंपटक क्यामेरामा कैद भइन् ।

खेलपछि भारतीय कप्तान विराट कोहली र रोहित शर्मा पनि तीनै ‘हजुरआमा’लाई भेट्न पुगे । ह्वील चेयरमा आएकी उनले दुवै खेलाडीलाई बधाई र आशीर्वाद दिइन् ।

आईसीसीले पनि चारुलतासँग कुराकानी गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।


भारतीय कप्तान विराटले पनि चारुलता आफूले भेटेकोमध्ये सबैभन्दा समर्पित प्रशंसक भएको बताएका छन् । उनले चारुलतालाई भेट्दै गरेको तस्वीरसहित ट्वीट गरेका छन्, ‘हामी सबै समर्थकलाई धन्यवाद दिन्छौं । खासगरी चारुलता पटेललाई । उहाँ ८७ वर्षको हुनुहुन्छ र मैले आजसम्म जति मानिसलाई देखेँ, उनीहरु मध्ये उहाँ सबैभन्दा बढी समर्पित प्रशंसक हुनुहुन्छ । उमेर त एउटा संख्या मात्र हो । तपाइँको जोश र जागरले तपाईँलाई जहाँ पनि लैजान सक्छ । आशीर्वादसँगै अर्को लक्ष्यतर्फ..’

चारुलताको जन्म भारतमा भएको होइन, तान्जानियामा हो । आमाबुबा भारतबाट गएकाले आफू पनि भारतको समर्थक भएको उनले आईसीसीसँगको कुराकानीमा भनेकी छन् ।

खेल पत्रकार मजहर अरशदले भी चारुलताको विषयमा ट्वीट गरेका छन् । उनले खेलेका छन्, ‘चारुलताको जन्म पहिलो विश्वकप (सन् १९७५) भन्दा ४३ वर्ष पहिले भएको थियो । उनले क्रिकेटका थुप्रै पुस्ताहरु देखेकी छन् । तर, उनका अनुसार विराट कोहली तीमध्ये सबैभन्दा उत्कृष्ट हुन् । फ्यान अफ दि टुर्नामेन्ट.. ।’