काठमाडौँ – भारतीय क्रिकेटर अम्बाती रायडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय रायडुले भारतीय क्रिकेट बार्ड बीसीसीआईलाई चिठी लेखेर सबै किसिमका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उिनले वश्वकप टिममा स्थान बनाउन सकेका थिएनन् । बीसीसीआईले उनलाई वैकल्पिकमा राख्दै विजय शंकरलाई मौका दिइएको थियो । यही कुरामा उनी असन्तुष्ट थिए ।


ADVERTISEMENT

# # #


ओपनर शिखर धवन चोटका कारण बाहिरिएपछि विश्वकपमा उनको स्थानमा रिशभ पन्तलाई टिममा बोलाइएको थियो । यस्तै विजय शंकर पनि चोटका कारण विश्कपबाटै बाहिरिएपछि उनको ठाउँमा मयंक अग्रवाललाई ल्याइएको थियो ।

रायडूले आफ्नो अपमान गरेको भन्दै सन्यासको घोषणा गरेको हुनसक्ने कतिपयले अनुमान गरेका छन् । उनले आइपीएल पनि नखेल्ने बताएका छन् । यद्दपी विदेशी लिग भने खेल्ने उनको भनाई छ ।

५५ एकदिवसीय खेल खेलेका रायडुले ४७.०५ को औसतमा १६९४ रन बनाएका छन् । जसमा ३ शतक र १० अर्धशतक रहेका छन् । यस्तै ६ वटा टी २० अन्तर्राष्ट्रिय खेलमा ४५ रन जोडेका छन् । तर, उनले टेस्ट खेल्ने भने मौका नै पाएका छैनन् ।