काठमाडौँ – भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड) नेपालमा गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी आलोचना भएपछि सरकारले उक्त अवार्ड नेपालमा नगर्ने भएको छ ।


ADVERTISEMENT


तर औपचारिक निर्णय भने बाहिर आइसकेको छैन । आजै उक्त विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बालुवाटारमा प्रधानमन्त्री केपी ओलीबीच छलफल भएको थियो । छलफलमा नेपालको खर्चमा अवार्ड नगर्ने निष्कर्ष निस्केको बताइएको छ ।


ADVERTISEMENT

# # #


असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले आइफा अवार्ड नेपालमा गर्नका लागि स्वीकृत गरेको थियो । जसका लागि नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिका सहआयोजक रहने बताइएको थियो ।

जसका लागि आइफाको आयोजक विजक्राफ्ट इन्टरनेस्नललाई नेपालले करिब १ अर्ब रुपैयाँ दिनुपर्ने कुरा बाहिरि आएपछि चौतर्फ विरोध भएको थियो । संघीय सदीयको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार सो आवार्ड कार्यक्रम नगर्न सरकारलाई निर्देशन दिएको थियो ।