एजेन्सी – चीनको हेनान प्रान्तको लुयोनिङ्गमा बस्ने एउटा किसानले ५ रुपैयाँको बियर क्यानबाट खेलौना बनाएर ५ हजारमा बेचिरहेका छन् । दाई चेगलिनले पेय पदार्थ, बियरका प्रयोग गरिएका क्यान (बोतल) किनेर सुन्दर खेलौना बनाउँछन् ।


ADVERTISEMENT


पेशाले किसान उनी ५ रुपैयाँमा क्यान खरिद गर्छन् । त्यसलाई काटकुट पारेर सुन्दर खेलौनाको निर्माण गर्छन् । उनले खेलौनालाई ५ हजारसम्मा बेच्ने गरेका छन् ।


ADVERTISEMENT

# # #


पछिल्लो ५ वर्षदेखि उनी यो काम गर्दै आएका छन् । उनका अनुसार यस अवधिमा चेगलिनले कार र हवाई जहाजका ८ हजारभन्दा ज्यादा खेलौना मोडल पनि बनाइसकेका छन् ।