काठमाडौँ – क्रिकेटमा एक ओभरमा कतिवटा बल हुन्छन् ? उत्तर सजिलै आउँछ, ६ वटा । वाइड, नोबल वा कुनै अतिरिक्त बल नफालेमा एक ओभरमा ६ वटा बल नै हुन्छन् । तर, शुक्रबार नेपालका युवा स्पिनर कुशल मल्लले भने कुनै वाइड वा नोबल नगरेरै एक ओभरमा ७ बल फालेका छन् ।


ADVERTISEMENT


मलेसियामा जारी यू–१९ एसिया कप छनोट क्रिकेटको पूर्वी क्षेत्रमा शुक्रबार सिंगापुरविरुद्ध कुशलले एकै ओभरमा सातवटा बल फालेका हुन् ।


ADVERTISEMENT

# # #


नेपालले दिएको ३२७ रनको चुनौति सिंगापुरले पच्छ्याइरहेको थियो । उसले ३६ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १०० रन बनाएको थियो । नेपालका लागि ३७ औँ ओभर लिएर आए कुशल मल्ल ।

उनले ३७ औँ आभेरको पहिलो बल डट फाले, दोस्रो बलमा एक रन दिए । त्यसपछि तेस्रो बल डट फालेर चौथो बलमा एक रन दिए । पाँचौँ बल डट फालेर उनले छैटौँ अर्थात अन्तिम बलमा हरि कुक्रेजालाई एलबीडब्ल्यू धरापमा पारे ।

उनको ओभर सकिसकेको थियो । तैपनि उनी सातौँ बल लिएर आए । तर अम्पाएरले उनलाई रोकनन् । सातौँ बलमा कुशलले नेल कर्णिकलाई बोल्ड आउट गरे । यति हुँदा पनि एकै ओभरमा सात वटा बल फालेको न त अम्पाएरले थाहा पाए न त बलरले नै ।

कर्णिक आउट भएर पेवेलियन फर्किँदै थिए, तब अम्पाएरले थाहा पाए । त्यसपछि फर्किएका ब्याट्सम्यानलाई क्रिजमा फिर्ता बोलाइयो ।  तर, फेरि थर्ड अम्पाएरसंगको कुराकानी पछि कर्णिकलाई आउट दिएर पुनः पेवेलियनतर्फ फर्काइयो । कुशलले उक्त ओभरमा ७ बल फालेर २ विकेट लिए ।

खेल नेपालले सिंगापुरलाई २१७ रनले पराजित गर्यो ।