काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना भएकी छन् । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।


ADVERTISEMENT


काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालका अनुसार खड्गीलाई नर्भिक इन्टरनेश्नल हस्पिटलमा भर्ना गरिएको छ । घरमै सुतिरहेको बेला अचानक मुटुमा समस्या भएपछि उनलाई विहिबार राति हस्पिटल लगिएको थियो । अहिले उनको सिसियूमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


सीसीयूमा भर्ना भएकी उनलाई एनजीओ ग्रामलगायतको परीक्षा गर्ने तयारी भइरहेको छ ।