काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताए । सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क उनले गरे । अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा संचार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै उनले व्यंग्य गरे ।

‘प्रेस एकदम राम्रोसँग चलिरहेका छन्,’ उनले भने, ‘सबैले आफूलाई लागेको कुरा पुष्टि भएपनि नभएपनि राख्न पाउनुभएको छ । एकदम स्वतन्त्र छ ।’ सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताए । ‘लोककल्याणकारी विज्ञापन दिनै पर्छ भन्ने चाही के छ ?,’ उनले भने, ‘अप्ठ्यारो के पर्यो भने विपी कोइरालाको पालामा सुरु भएको । अब झिकिदिउँ भने फेरी अथ्र्योकै पर्ला भनेर कायम राखेको । तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन । किनभने दोहोरो पर्न जान्छ । दोहोरो गर्न सकिदैन ।’