काठमाडौं – बच्चाको डाइपरमा कतारबाट सुन लुकाएर ल्याउने मोरङ कानपोखरीका लिलाबहादुर बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।


ADVERTISEMENT


विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको विशेष टोलीले विमानस्थल प्रहरीको सहयोगमा बस्नेतलाई पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


लामो समयदेखि कतारमा वैदेशिक रोजगारीमा कार्यरत बस्नेत ३ वर्षपछि छुट्टीमा नेपाल फर्किएका हुन् । बस्नेतले ल्याएको २२ थान बच्चाको डाइपर शंका लागेर चेकजाँच गर्ने क्रममा ४०० ग्राम सुन भेटिएको बोगटीले बताए ।

बस्नेतको साथबाट डाइपरको बटनभित्र मेसिनले प्याक गरी स–साना रिङ बनाउने १७५ पिस सुनको रिङ र ५० ग्रामको बाला बरामद भएको प्रहरीले जनाएको छ ।

बस्नेतसँगै उक्त सामान बुझ्न बाहिर बसेका गोरखा पालुङटार घर भएका वर्ष २७ को रुपेश गिरी र वर्ष २६ को टेक बहादुर थापा समेत प्रहरीको फन्दामा परेका छन् ।

तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।