काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले जनसङ्ख्या बढी देखेर सरकारले मार्न खोजेको हो भनी प्रश्न गरेकी छिन् ।


ADVERTISEMENT


मंगलबार संघीय संसदमा बोल्दै नेतृ भुसालले सरकारले विषादीयुक्त तरकारी नेपाल ल्याउन दिएर सरकारले मन्द विष दिइरहेको आरोप लगाइन् ।


ADVERTISEMENT

# # #


‘जनताले गुणस्तरीय र स्वस्थ खाद्यपदार्थ खान पाउने र मिसावट गरेको खण्डमा दण्ड सजाय दिन पाउने व्यवस्था हाम्रो मौलिक हकले गरेको छ ।’ उनले भनिन्, ‘तर, यो सरकारलाई किन ३ करोड जनसंख्या किन बढी लाग्यो ? मन्द गतिमा विषपान गराए जनसंख्या घटाउने उद्दतमा किन लाग्यो सरकार ? यसको जवाफ सदनमा दिनुपर्नेछ ।’

भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने कार्य सरकारले रोकेको भन्दै यसबाट सरकारले जनतालाई मार्न खोजेको आरोपसमेत लगाइन् ।

संसद्मा बोल्दै नेतृ भुसालले विषादी परीक्षण स्थगनको सम्बन्धमा प्रधानमन्त्रीले सफेद झुट बोलेको आरोप लगाइन् ।

परराष्ट्र मन्त्रालय हुँदै उदोग मनत्रालयमा पुगेको पत्रलाई प्रधानमन्त्रीले कुन पत्र, के को पत्र, कसले दिएको पत्र, कसले पढेको पत्र’ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको पनि आरोप लगाइन् ।

सरकार नीतिगत भ्रष्टाचारमा तल्लीन रहेको र राज्यको ढुकुटीमा नीतिगत भ्रष्टाचार भइरहेको भन्दै ढुकुटी रित्तिने गरी भ्रष्टाचार गर्ने तर विषादी परीक्षण गर्ने ल्याब छैन भन्ने बाहाना बनाएको भन्दै विष खाएर नेपाली जनताले आफ्नो ज्यानको आहुती दिनुपर्ने हो भन्दै सरकारबाट जवाफ मागेकी छिन् ।

यस्तै उनले भीड नियन्त्रणमा लिने नाममा जनतामाथि गोली चलाएको भन्दै आपत्ति जनाइन् । राज्यसंग न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले गोली चलाएर आफ्नो शक्ति प्रदर्शन गरेको भन्दै उनले प्रश्न गरिन्, ‘जनतालाई गोली चलाउने अधिकार सरकारलाई कसले दियो ?’

सर्लाहीमा ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भएको थियो ।

त्यही घटनाको विरोध गदैै सडकमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिने क्रमममा स्थानीय सरोजनारायण यादवको प्रहरीको गाली लागरेर मृत्यु भएको थियो ।