सुनसरी – धारिलो हतियार दाउ प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । सुनसरी ईनरुवा नगरपालिका–७ खिरखिरिया मुसहरी टोल बस्ने २४ वर्षीया जिमला ऋषिदेवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


गत वैशाख ८ गते राति विमलाका श्रीमान् २४ वर्षीय मुकेश ऋषिदेवको आफ्नै घरमा मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो । अनुसन्धान गर्ने क्रममा मृतक मुकेशकी श्रीमती बिमलाले नै हत्या गरी भागी फरार भएको भन्ने खुल्न आए पश्चात खटिएको प्रहरीले गाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।