काठमाडौँ – पूर्व दक्षिण अफ्रिकी क्रिकेटर तथा कप्तान एबी डी भिलियर्सले विश्वकपमा स्थान बनाउनका लागि आफूले टिम व्यवस्थापनलाई दबाद नदिएको खुलासा गरेका छन् ।


ADVERTISEMENT


डी भिलियर्सले गत मे महिनामा विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा गर्नुभन्दा २४ घण्टा अगाडि सन्यास फिर्ता गरेर टिममा फर्किने चाहना राखेको तर, उनको यो प्रस्तावलाई टिम व्यवस्थापनले अस्वीकार गरेको समाचार बाहिरएको थियो ।


ADVERTISEMENT

# # #


क्रिकेटसम्बन्धि वेबसाइट क्रिक इन्फोका अनुसार टिममा पर्नका लागि आफूले कुनै दबाब बताएका हुन् । ‘मैँले सन्यासको घोषणा गरेपछि मलाई व्यक्तिगत रुपमा ‘विश्वकपको लागि ढोका खला छ ?’ भनेर सोधिएको थियो । मैँले ‘हो’ भनेको थिएँ । मैँले नाईँ भन्नुपर्थ्यो । तर, मेरो स्वभावले त्यो दिएन ।’ उनले भनेका छन्, ‘यो अवधिमा मेरो दक्षिण अफ्रिका क्रिकेटसंग कुनै किसिमको सम्झौता गरेको भएन । विश्वकपका लागि टिम घोषणा हुनेभन्दा दुई दिन अघि कप्तान फाफ डू प्लेसिसलाई मैँले सम्पर्क गरेको थिएँ । आइपीएलमा राम्रो गरेकाले मैँले टिमको आवश्यकता अनुसार म उपलब्ध छु भनेको हो । …यदि चाहिएमा मात्र । टिममा पर्न कुनै दबाब दिएको होइन र म आशावादी पनि थिइनँ ।’

डी भिलियर्सका अनुसार विश्वकप सुरु हुनअघि टिममा फर्किने चाहना राखेको समाचारको खण्डन तत्काल दिन आवश्यक थिए । ‘किनकी त्यसले दक्षिण अफ्रिकाको विश्कप लक्ष्यमा असर पर्थ्यो’ उनले भने ।

यस्तै उनले चाँडै सन्यास लिनुको कारण बारे पनि खोलेका छन् । ‘केही व्यक्तिले मलाई पैसा (विदेशी लिग)को पछि लागेर सन्यास लिएको आरोप लगाए । तर, उनीहरु गलत छन् ।’ उनले भने, ‘मैँले २०१८ मे मा सन्यासको घोषणा गरेको थिएँ, परिवारसंग समय बिताउनका लागि । सानो छोरासंग समय बिताउनका लागि ।’