काठमाडौँ – कामना सेवा विकास बैंकले भक्तपुरको मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थित राधे राधेमा आफ्नो ९३ औँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


उक्त शाखाको बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार सुरुवात गरी सञ्चालनमा ल्यएका हुन् । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी गराएको छ ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९३ वटा शाखा तथा ४४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।