काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर क्षतिग्रस्त यति एयरलाइन्सको विमान हाटाइएको छ ।


ADVERTISEMENT


करीब आठ घण्टपछि विमानस्थल साँझ ७ः०० बजे पछि खुल्ला गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवत्ता प्रतावबाबु तिवारीले बताए। घाँसे मेदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि सबै किसिमका उडान र अवतरण सुचारु गरिएको हो ।


ADVERTISEMENT

# # #


शुक्रबार नेपालगञ्जबाट आएको यतिको एटीआर जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको हो । ७० जना सवार विमान चिप्लँदा दुई जना समान्य घाइते भएका थिए ।