काठमाडौं । नेपालगञ्जबाट उडेको यती एयरको विमान काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गको थ्रेस होल्डबाट करिब १२८० मिटरको दुरीमा दक्षिण पूर्वतर्फ चिप्लिएर शुक्रबार दिउँसो दुर्घटना भयो । तत्काल बिमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीको नेतृत्वमा विमानस्थल प्रहरी, नेपाली सेना, नेपाल नागरिक उडड्यन कार्यालय, अग्नी निवारण एवं उद्दार र सम्बन्धित वायुसेवाका कर्मचारीहरुले विमानको उद्दार गरे । बिमान सम्भावित दुर्घटनाबाट जोगियो, र विमानस्थलमा आएको अवरोध समेत केही घण्टापछि नै सुचारु भयो ।


ADVERTISEMENT


विमानमा २ बच्चा, ६६ वयस्क र ४ जना चालक दलका सदस्य गरी जम्मा ७२ जना सवार रहेकोमा ३ जना यात्रुहरु सामान्य घाईते भएकोले उनीहरुलाई उपचारार्थ काठमाण्डौं मेडिकल कलेज सिनामंगल पठाइएको थियो ।


ADVERTISEMENT

# # #


अवतरण गर्ने क्रममा दुर्घटना भएको यती एयरको विमानलाई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, त्रिअविनाउकाका महाप्रबन्धक राजकुमार क्षेत्री, एसएसपी भण्डारी नेतृत्वमा विमानस्थल प्रहरी, नेपाली सेना, नेपाल नागरिक उडड्यन कार्यालय, अग्नी निवारण एवं उद्दार, सम्बन्धित वायुसेवाका कर्मचारी तथा ईन्जिनियर सहितको विज्ञ टोलीको प्रयासबाट साँझ साढे ६ बजे दुर्घटनास्थलबाट सुरक्षित स्थानमा लगि अवरोध हटाएर ७ बजेबाट विमानस्थल सुचारु बनाईएको थियो।