रौतहट । नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमले आफ्नै निर्वाचन क्षेत्रमा बाढीको असर निरिक्षण गर्दै पीडित जनताहरुका लागि एक लाख नगद सहयोग समेत गरेका छन् ।


ADVERTISEMENT


रौतहट क्षेत्र नम्बर २ का अधिकाँस बाढी प्रभाबित ठाउँमा पुगेर जनताहरुलाई परेको पीडा बुझ्दै सहयोग गरेको नेता आलमले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


बाढी तथा प्राकृतिक बिपत्तिहरुबाट जनताले भोग्नुपर्ने समस्यामा सरकार र राजनीतिज्ञले समयमै पूर्वतयारी र बिपदको समयमा सहयोग गर्नुपर्ने समेत उनले बताएका छन् ।

नेता आलम बाढी पसेको क्षेत्रमा छाति छाति पानी आउने गरी डुब्दै जनताहरु समक्ष पुगेका थिए । निथ्रुक्क भिजेका लुगासरी नै उनी हरेक दिन बाढीको समस्यामा परेका जनताहरुको घरदैलोमा नै पुग्ने गरेका छन् ।