बीबीसी – पाकिस्तानको नागरिक उड्डयन प्राधिकरण (सीएए) ले बालाकोट आक्रमणपछि बन्द गरिएको ‘एयर स्पेस’ पुनः खोल्ने घोषणा गरेको छ । मंगलबार बिहान सीएएले आफ्नो आधिकारिक वेबसाइटमा बन्द गरिएको ‘एयर स्पेस’ तत्काल खोलिने बताएको छ ।


ADVERTISEMENT


गत फेब्रुअरी १४ मा पुलवामा आक्रमणपछि भारतले जवाफी कारबाहीका क्रममा फेब्रुअरी २८ मा पाकिस्तानको बालाकोटमा आक्रमण गरेको थियो । सोही आक्रमणपछि पाकिस्तानले ‘एयर स्पेस’ बन्द गरेको थियो ।


ADVERTISEMENT

# # #


पाकिस्तानको ‘एयर स्पेस’ खोल्ने निर्णयले समस्यामा परेको भारतको सरकारी स्वामित्वको विमान कम्पनी एयर इण्डियाका लागि राहत हुनेछ । पाकिस्तानको ‘एयर स्पेस’ बन्द भएपछि एयर इण्डियाले अन्तरराष्ट्रिय उडानका लागि अन्य ‘रूट’ प्रयोग गर्नुपर्ने बाध्यता थियो । जसका कारण विमान कम्पनीले करोडौं रुपैयाँ घाटा व्यहोर्नु परेको थियो ।