काठमाडौं – प्रहरीले २ थान ‘रेड पाण्डा’को छालासहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ प्र्रहरीले काठमाडौं घट्टेकुलोबाट दुई जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु सल्लेरी गाउँपालिका-५ घर भएका २१ वर्षीय निमा दावा तामाङ र ट्याक्सी चालक ललितपुर धापाखेल बस्ने रामेछाप सुनापाती गाउँपालिका-२ घर भएका २६ वर्षीय अनुप खपाङ्गी मगर रहेका छन् ।


ADVERTISEMENT

# # #


विशेष सूचनाको आधारमा प्रहरीले मैतीदेवी सेतो पुलबाट घट्टेकुलोतर्फ आउँदै गरेको बा.२ ज ४६२१ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।