काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘टिच फर नेपाल’लाई पाँच लाखबराबरको आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


बैँकले ग्रामिण क्षेत्रका समुदायिक-सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउनका लागि उक्त रकम सहयोग गरेको हो । बैंकका तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


“एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने नारा साथ अगाडी बढेको ‘टिच फर नेपाल’ संस्थाले सामसदायिक र सरकारी विद्यालयमा स्वयम्सेवक शिक्षक पठाउँदै आएको छ ।

संस्थाले हालसम्म विभिन्न ६ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरु पठाई ३० हजार भन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाएको छ ।

हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

हाल बैंकको शाखा संख्या ५९ वटा, एटिएम संख्या १२१, २६०० भन्दा बढि कार्ड मर्चेन्टहरु र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।