काठमाडौँ – नेपाल टेलिकमले आफ्ना उपभोक्ताहरुका लागि इन्टरनेट शुल्क नबढाउने भएको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेसंगै अन्य इन्टरनेट सेवा प्रदायकले साउन १ गतेदेखि इन्टरनेटको मूल्य बढाउने भनिरहँदा नेपाल टेलिकमले भने पहिलेकै मूल्यमा इन्टरनेट उपलब्ध गराउने जनाएको छ ।


ADVERTISEMENT


टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरिने जनाएको हो ।


ADVERTISEMENT

# # #


सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको टेलिकमले बताएको छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ ।