काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा आपत्ति जनाएको छ ।


ADVERTISEMENT


कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै बुद्धको मूर्तिलाई तोडफोडको भत्र्सना गरेका हुन् । ‘गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो’ उनले भनेका छन्, ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’


ADVERTISEMENT

# # #


कांग्रेस संसदीय दलले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।

सिद्धार्थ राजमार्गको बटुवल बेहहिया सडक खण्डको बीच भागमा रहेको बुद्धको मूर्ति बुधबार राति तोडफोड भएको थियो । कसले तोडफोड गर्‍यो भन्ने खुलेको छैन । प्रहरीले अनसन्धान थालेको छ ।