काठमाडौं –  ‘काठमाडौं मेरिएट होटल’ संचालनमा आएको छ । नेपालमा पहिलो पटक मेरिएट होटलको फ्ल्यागसीप ब्राण्ड स्थापना भएको हो ।


ADVERTISEMENT


मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्ने बताए ।


ADVERTISEMENT

# # #


यस्तै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको बताए । उनले विदेशी पाहुनालाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तयार रहेको बताए ।

के छ विशेष ?

भाइस प्रेसिडेन्ट निराज गोभिलका अनुसार होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्ग ५०० केजीको घण्ट झुण्ड्याइएको छ । यस्तै स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको प्याटेन्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोषक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ ।

२१४ वटा सुव्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्नेछ । जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ । परम्परागत डेस्कहरुलाई लचीलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ । बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन जसले प्रभावकारी भावना उजागर गर्ने कम्पनीले जनाएको छ ।

यस्तै विभिन्न देश र संस्कृति अनुसारका परिकारहरु, म्यूजिक, आयुर्वेदिक सिग्नेचर ट्रिट्मेन्ट, आधुनिक थेरापी, स्वीमिङ्ग पुल र सुविधा सम्पन्न फिटनेश सेन्टरको समेत सुविधा रहेको कम्पनीले जनाएको छ ।