काठमाडौँ – सरकारका प्रवक्रा एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले छक्कापञ्जा गर्नेभए लागि विप्लव समूहसंग वार्ता हुन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार नियमित पत्रकार सम्मेलनकामार्फत मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा बोल्दै मन्त्री बाँस्कोटाले बिना एजेण्डा कसैसंग वार्ता हुन नसक्ने बताए । ‘वार्ताका लागि सरकार सदवै तयार छ तर, वार्ता बिना एजेण्डा हुन सक्दैन ।’ उनले भने, ‘दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुँदैन । मान्छे छोड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने, त्यसपछि उहाँहरु वार्तामा आउनु भएन भने ? छक्का पञ्जा गर्ने हिसाबले वार्ता हुँदैन ।’


ADVERTISEMENT

# # #


वार्ताका लागि सरकार ठाउँ दिन तयार रहेको भन्दै उनले भने, ‘तर वार्ता के का लागि गर्नुपर्ने ? पक्राउ परेका मान्छेलाई छोडेर फेरि बन्दुक घेर्ने हिसाबले हुन सक्दैन ।’ यद्दपी विप्लव समूहले शान्तिपूर्ण तरिकाले राजनीतिक अवतरण हुने प्रतिवद्धता गरे सरकार स्वागत गर्न तयार रहेको मन्त्री बाँस्काटाले बताए । वार्ता गरेर निष्कर्षमा नपुग्ने र त्यसको प्रचारको लाभ लिने वा क्षयीकरण भएको आफ्नो शक्तिको पुनर्ताजगी गर्ने कुरामा सरकार सहमत हुन नक्ने बताए ।

‘गन्तव्यको सुनिश्चितता बिनाको वार्ता हिंसालाई वैधता प्रदान गर्ने कुराजस्तो हुन जान्छ ।’ उनले भने, ‘किन, केका लागि र कसरी ल्याण्डिङ गर्ने हो ? त्यो खुलस्त हुनुपर्यो ।’

देशले थेग्न नसक्ने मागहरु आग्रहको आधारमा गर्न नसकिने उनले बताए । सिके राउतको जस्तै शान्तिपूर्ण रुपमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आए जुनसुकै बेला कुरा गर्न सरकार तयार रहेको उनको भनाई थियो ।