धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३ शहीद गेटमा बिहीबार भएको शक्तिशाली बम विष्फोटमा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


उक्त विष्फोटमा परी पाँच जना घाइते भएका थिए । मृत्यु हुनेमा बझाङ जयपृथ्वी नगरपालिका १४ का राम सिंह रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


बम बिस्फोटमा परी उनको ढाड र खुट्टामा गहिरो चोट लागेको थियो। मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

विष्फोटमा परी घाइते भएका केशवराज पाण्डे, लक्ष्मण सेरेला, जितेन्द्र यादव, मोविन खानको भने उपचार भइरहेको छ ।