काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीले) जिम्बाब्वे क्रिकेट बोर्डलाई निलम्बन गरेको छ ।


ADVERTISEMENT


बिहीबार लण्डनमा बसेको आईसीसीको बोर्ड बैठकले जिम्बाब्वे क्रिकेट बोर्डमा सरकारी हस्ताक्षर भएको निष्कर्ष निकाल्दै निलम्बन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


आईसीसीको निर्णयले जिम्बाब्वे क्रिकेट बोर्डलाई ठूलो क्षति पुग्ने देखिएको छ । निलम्बनसंगै आईसीसीले बोर्डलाई दिने सम्पूर्ण बजेट रोकिनेछ । यस्तै जिम्बाब्वेको प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिमलाई आईसीसीका प्रतियोगिता खेल्न प्रतिबन्ध गरिने सम्भावना रहेको छ।

यससंगै अक्टोबरमा हुने टी-२० विश्वकप छनोट पनि उसले गुमाउने सम्भावना रहेको छ ।

आईसीसीका अध्यक्ष शशांक मनोहरले बोर्डमा राजनीतीक हस्तक्षेप भएकाले निलम्बन गर्नुपरेको बताए । “हामी कुनै पनि सदस्यलाई निलम्बन गर्ने निर्णय हल्का रुपमा लिँदैनौँ ।” उनले भने, “तर हामीले आफ्नो खेल राजनीतिक हस्तक्षेपमुक्त बनाउनुछ । जिम्बाब्वेमा जे भएको छ त्यो आईसीसीको विधानको गम्भीर उल्लंघन हो । हामी यसलाई जारी राख्न अनुमति दिन सक्दैनौं ।”

आसीसीको विधानअनुसार नै जिम्बाब्वे क्रिकेट बोर्ड सञ्चालन होस् भन्ने आफुले चाहेको उनले बताए ।