काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले ५ दिने आन्दोलनको घोषणा गरेको छ ।


ADVERTISEMENT


शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी निजी कलेजले लिने चर्को शुल्क विरुद्ध नेविसंघले आन्दोलनको घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


नेविसंघले कक्षा ११ र १२ को सबै तकमा सिटसंख्या र शूल्क निर्धारण गरिनुपर्ने, निजी शिक्षण संस्थाले लिँदै आएको चर्का शूल्क बन्द गरिनुपर्ने, सरकारी कर्मचारीले आफ्ना छोराछोरी सरकारी स्कुलमै पढाउनुपर्ने लगायतका ९ बुँदे माग राखेको छ ।

नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन आग्रह गरे ।