काठमाडौ – काठमाडौंबाट भारतको नयाँ दिल्ली हुदै जापान जान लागेका पोर्चुगिच नागरिक टाइगो मिन्डिस पिरिआइरा चार करोड मूल्य बराबरको लागू औषध एम्फेटामाईन सहित पक्राउ परेका छन् ।


ADVERTISEMENT


सो परिमाण हालसम्म बरामद भएको मध्ये ठूलो भएको बताइएको छ । एयर इण्डियाको उडानबाट दिल्ली प्रस्थान गर्ने तयारीमा रहेका उनी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका हुन् । विमानस्थलमा कमाण्ड सम्हालेका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीटोलीले २५ बर्षिय पिरिआइरालाई पक्राउ गरेको हो । उनको राहदानी नं–सीए ७०१२९२ भएको एसएसपी भण्डारीले हिमालय पोष्ट लार्इृ बताए। त्यसमुनी फल्स बटम बनाएर राखिएको अवस्थमा लागु औषध फेला परेको विमानस्थल प्रहरीले जनाएको छ ।थप अनुसन्धानका लागि लागू औषध नियन्त्रण ब्यूरोमा पठाइएकोछ।


ADVERTISEMENT

# # #