एजेन्सी – भारतले सोमबार चन्द्रमामा रकेट प्रक्षेपण गरेको छ ।


ADVERTISEMENT


भारतीय खगोल अनुसन्धान संगठनले सोमबार आन्ध्र प्रदेशको श्रीहिरकोटाबाट स्थानीय समय अनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान २ नामको रकेट प्रक्षेपण गरेको हो ।


ADVERTISEMENT

# # #


एक हप्ताअघि नै रकेट पठाउने तयारी गरे पनि अन्तिम समयमा प्राविधिक खराबी आएकाले स्थगित गरिएको थियो । चन्द्रमा पठाइएको रकेटको नाम चन्द्रयान २ र उपनाम बाहुबली दिइएको छ । भारतले यो रकेट चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण हुने अनुमान गरिएको छ । उक्त यान चन्द्रमामा अवतरण गर्न ४८ दिन लाग्नेछ ।

हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै यान अवतरण भएको छैन । रकेट पृथ्वीको कक्षमा पुगिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रमामा रकेट प्रक्षेपण हुनु गौरवशाली क्षण भएको बताएका छन् ।