काठमाडौँ – प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न विवादित विधेयक फिर्ता नलिए संसद चल्न नदिने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


विपी जयन्तिको अवसर पारेर सहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक पास हुन नदिने बताए ।


ADVERTISEMENT

# # #


‘मिडिया काउन्सिल विद्येयकको नाममा पत्रकारलाई लेख्न तर्साइरहेको सरकार अब टेलिफोनमा पनि रोक्न खोज्दैछ, सरकारको नियत ठिक देखिएन।’ देउवाले अघि भने, ‘यदि यो सबै फिर्ता लिएनन् भने संसद चल्न दिँदेनौं । सडकमा जान पनि बाध्य हुन्छौं ।’

उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने स्पष्ट पारे । सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य शर्तको रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढ्दा मात्रै मुलुकमा समृद्धि आउने विश्वास व्यक्त गरे ।