काठमाडौँ – सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा मलेसियाले नेपाललाई ८४ रनको चुनौति दिएको छ । वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ विकेटको क्षतीमा ८३ रन बनाएको हो ।


ADVERTISEMENT


टस हारेर ब्याटिङ थालेको मलेसियाका लागि सेयद अजिजले ३० रन बनाए । १५ बलमा उनले ५ चौका र एक छक्का हाने । यस्तै भिरन्दीप सिंहले २१ रन बनाए । त्यसक्रममा उनले १७ बलमा एक चौका र एक छक्का हाने । यस्तै कप्तान अहमेद फेजले ९ रन जोडे ।


ADVERTISEMENT

# # #


नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । २ ओभरमा उनले २३ रन खर्चिए । यस्तै वसन्त रेग्मीले २ विकेट लिए । एकै ओभरमा उनले भिरन्दीप सिंह र अहमेद फेजलाई पेवेलियन फर्काएका थिए । सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट हासिल गरे ।

ग्लोबल छनोटमा स्थान बनाउनका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।