लमजुङ– बेँसीशहर चामे सडकस्थित मर्याङ्दी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा आज चालकको घटनास्थलमै मृत्यु भएको छ ।


ADVERTISEMENT


सो सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका उक्त जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताए ।


ADVERTISEMENT

# # #


सो सवारी साधनमा चालक एक्लै आउँदै गर्दा सडकबाट तल खसी मस्र्याङ्दी नदी छेउमै पुगेको जीपका धनी गुरुङको भनाइ छ ।

स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि करिब १ बजेतिर उक्त घटनास्थल तर्फ बेँसीसहरमा रहेको जिल्ला प्रहरी कार्यालय र उक्त गाउँपालिकामा रहेको बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी जाँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो स्थान पुग्नलाई करिब एक घण्टा अझै लाग्ने भएको छ ।