काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार लज्जास्पद तरिकाले असफल रहेको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


एक विज्ञप्ती जारी गर्दै कांग्रेसले यस्ता प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्न समेत सरकार पूर्णतः असफल रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अन्ततः एक वर्षको संक्षिप्त निष्कर्ष हो सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल भएको छ ।’


ADVERTISEMENT

# # #


यस्तै कांग्रेसले सरकारनै निर्मलाका दोषी जोगाउने प्रपञ्चमा लागेको दाबी गरेको छ । कांग्रेसले भनेको छ, ‘शव भेटिएको स्थलमा रहेका तथ्यहरु सुरक्षित ढंगले संकलन गरिनु पर्नेमा प्रमाण नष्ट गर्ने ढंगले कपडा लगायत धोइनु दोषी जोगाउने प्रपन्चको खुलेआम प्रस्तुति नभई के थियो भन्ने जवाफ आजसम्म प्राप्त छैन ।’

मानसिक सन्तुलन गुमाएका दिलिपसिं विष्ट र कुखुरा चोरेको आरोपमा केही दिनअघि हिरासत पुगेका विशाल चौधरी पक्राउ गरेर सरकारले दोषी लुकाउने प्रयत्न गरेको कांग्रेसको भनाई छ । यस्तै कांग्रेसले न्याय माग गर्दै गरिएको जनप्रदर्शनमा नागरिकमाथि गोली चलाएर ज्यान लिनु, प्रधानमन्त्रीले समेत निर्मला प्रकरणमा विवादास्पद अभिव्यक्ति दिनु र गृहमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताएको छ ।

सरकारले प्रहरीलाई अनुसन्धानमा सफल गर्न नभई घटनाको ढाकछेप गर्ने व्यवहार प्रस्तुत गरेको कांग्रेसको आरोप छ । ‘अपराध अनुसन्धानको दक्षताका दृष्टिले दक्षिण एशियामा अग्रपंक्तिमा नाम आउने नेपाल प्रहरी यो प्रकरणमा असफल भएको हो या सरकारको नियतवश सफल हुन नदिइएको हो ?’ कांग्रेसले प्रश्न गरेको छ ।
छ ।