काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको बारेमा छलफल गरेको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी महाधिवेशनको बारेमा छलफल गरेको हो ।


ADVERTISEMENT


मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा छलफल केन्द्रीत रहेको थियो । बैठकमा महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेल लगायत केन्द्रीय सदस्यले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ ।