काठमाडौँ — पूर्वमिस नेपाल शृंखला खतिवडाले युरोपको सर्वाधिक अग्लो हिमाल मोन ब्ला आरोहण गरेकी छन् ।


ADVERTISEMENT


श्रृंखलाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण आरोहण गरेकी हुन् । फ्रान्स र इटालीको सीमा क्षेत्रमा पर्ने ४ हजार ८ सय ८ मिटर उचाई रहेको उक्त हिमालमा पुगेर श्रृंखलाले नेपालको झण्डा समेत फहराएकी छन् ।


ADVERTISEMENT

# # #


साथै नेपालसँग दौत्य सम्बन्धको ७०औं वर्षगाँठ मनाउने क्रममा फ्रान्सको निमन्त्रणामा पर्वतारोहण गरेकी उनले शिखरमा पुगेर फ्रान्सको समेत झण्डा फहराएकी छन् । श्रृंखला फ्रान्सका लागि नेपालको सद्भावना दूत बनेर त्यहाँ गएकी हुन् ।