काठमाडौं– चलचित्र ‘जाइरा’को आइटल गीत सार्वजनिक भएको छ । ‘यो मात चढेको साँझ’ बोलको उक्त गीतमा तनुजा गुरुङ र प्रमोद अग्रहरीले मस्ती गरेका छन् ।


ADVERTISEMENT


गायिका मीना निरौलाको स्वर रहेको ‘यो मात चढेको साँझ’ लाई किरण खरेलले शब्द, शिवशंकरको संगीत भरेका छन् । पुरानो फिल्म ‘मनको बाँध’मा रहेको गीतलाई रिमेक गरिएको हो । जसमा मिरा राणाले स्वर दिएकी थिइन् ।


ADVERTISEMENT

# # #


६ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ नायिका नम्रता श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा रहेकी छन् । फिल्ममा नम्रताका साथ अनुप विक्रम शाही, प्रमुद अग्रहरी, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर रहेका छन् ।

फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् भने प्रशन्न गोपाली कार्यकारी निर्माता रहेका छन् ।